आदिवासी जनजाती पत्रकारिता पुरस्कार २०७५बाट ४ जना पत्रकार सम्मानित हुने

पोखरा । आदिवासी जनजाति पत्रकार महासंघ फोनिजद्धारा प्रदान गरिने आदिवासी जनजाती राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यो वर्ष चार जना पत्रकार पुरस्कृत हुने भएका छन । ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ छनौट समितीले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र कमला चौधरी (रेडियो) विधामा पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय २०७५ साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गरेको छ ।

पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान गरिनेछ । पुरस्कारको राशी जनही ४०,०००र( (चालिस हजार हरुपैयाँ) रहेको छ । स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम साउन २७ गते अपरान्ह १ बजे अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आयोजना हुनेछ ।

पुरस्कृत पत्रकारको संक्षित विवरण

उजिर मगर

२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गर्नु भएका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसक्नु भएको छ । हाल एभरेष्टदैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुनुहुन्छ ।

 

भैरव आङ्ला


२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता सुरु गर्नु भएका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिकार साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसक्नु भएको छ । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहनु भएका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन । उहाँले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा बिकासमा समेत उहाँको योगदान पु¥याउनु भएको छ ।

छेटु शेर्पा


२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारीता सुरु गर्नु भएका छेटु शेपाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसक्नु भएको छ । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

 

कमला चौधरी


२०६२ सालदेखि पत्रकारीता सुरु गर्नु भएका कमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसक्नु भएको छ । हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारीता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पु¥याउँदै आउनु भएको छ ।

 

Advertisment