तमुस्यो ह्युल छोंज धिं कास्कीको तमु महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम सुरु

पोखरा, १५ भदौ
तमुस्यो ह्युल छोंज धिं गुरुङ महिला राष्ट्रिय परिषद्, कास्कीको आयोजनामा पाँच दिने तमु महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।
शुक्रबारदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महिलाहरूलाई अवसरको खाँचो रहेको आवश्यकता औंल्याउनुभयो । अवसर पाए महिलाहरूले पनि पुरुष सरह नेतृत्व गर्न सक्ने भन्दै महानगर प्रमुख जिसीले तालिमले सशक्तिकरणका लागि टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपमहासचिव मनोज गुरुङ, गण्डकी प्रदेश अध्यक्ष दलबहादुर गुरुङ, केन्द्रीय सदस्य चेतबहादुर गुरुङ, जीतबहादुर गुरुङ, विष्णुकुमारी गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तमुस्यो Þयुल छोंज धिं गुरुङ महिला राष्ट्रिय परिषद्, कास्कीकी अध्यक्ष जुना गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी गुरुङले गर्नुभएको थियो । यही भदौ १९ गतेसम्म सञ्चालन हुने तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसले सहजीकरण गर्नुभएको थियो ।

Advertisment