सार्वजनिक जग्गाको संरक्षण गर्न बागलुङ समाज, लेखनाथद्वारा वृक्षारोपण

पोखरा, ८ भदौ
बागलुङ समाज, लेखनाथद्वारा पोखरा महानगरपालिका–२९, पट्नेरीमा रहेको सार्वजनिक जग्गा संरक्षणका लागि वृक्षारोपण गरेको छ ।
सैनिकबस्ती गु्रप नं. २ स्थित समाजले सार्वजनिक स्थलमा महिलामैत्री धारा निर्माण गरेपछि जग्गा व्यापारीहरूले जग्गा किनबेच गर्न खोजेपनि नियन्त्रणमा लिइ वृक्षारोपण गरिएको समाजका अध्यक्ष हरकुमार रानाले जानकारी दिनुभयो ।
वर्षात्सँगै सो क्षेत्र डुबानमा परेपछि वृक्षारोपण गरिएको क्षेत्रमा समाजको अगुवाइमा तटबन्ध समेत गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो । सार्वजनिक जग्गामा समाजले अशोका, आँपलगायतका वनस्पतिका बिरुवा रोपेको हो ।

Advertisment