नेपाली राजनीतिमा आदिवासी जनजातिको भूमिकाबारे हङकङमा अन्तरक्रिया

हङकङ, ७ भदौ
नेपाल आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा ‘नेपाली राजनीतिमा आदिवासी जनजाति’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार आयोजित कार्यक्रममा नेपालबाट आएका नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रिक मगर संघका अध्यक्ष भोजविक्रम बुढामगरले पहिचानको राजनीति र आदिवासी जनजातिको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राईको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङकी अध्यक्ष टिकाकुमारी गुरुङ, मगर संघ हङकङकी अध्यक्ष युगमाया रानामगरलगायत हङकङमा क्रियाशील विभिन्न आदिवासी जनजाति जातीय संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Advertisment