संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा तमु प्ये ल्हु संघको शाखा विस्तार

न्यूयोर्क, ६ भदौ
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा तमु प्ये ल्हु संघको अर्को शाखा विस्तार भएको छ । ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मानिसको अस्तित्व नै हराउँछ’ भन्ने मूल नाराका साथ तमु प्ये ताँ ल्हु ताँको संरक्षण, संवद्र्धन, प्रवद्र्धनका लागि स्थापित तमु प्ये ल्हु संघको देश तथा विदेशमा संगठन विस्तार गर्ने क्रममा अमेरिकामा थप शाखा विस्तार गरिएको छ ।
न्यूयोर्कमा रहेका तमुहरूबीच समन्वय गरी सांस्कृतिक, धार्मिक, भाषिक रुपमा एकत्रित गर्दै तमु पहिचानलाई जोगाइ आउने पिडीका लागि हस्तान्तरण गर्न यस पुस्ताको तमुहरूको मूख्य जिम्मेवारी रहेको भेला संयोजक खेगी चिवा कुमबहादुर तमुले बताउनुभएको छ । खेगी अग्रज तमुले आफ्नो प्येमा रहेको केही अंश पाठ गर्नुहुँदै तमु पहिचानको आधार तमु प्येताँ ल्हुताँ रहेको समेत जानकारी दिलाउनु भएको थियो । अमेरिकामा बसोबास गर्ने तमुहरुको बाग्लो उपस्थिति रहेको सोही कार्यक्रममा तमु संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति थियो ।
अगष्ट महिनाको १८ तारिख शनिबार न्यूयोर्कमा आयोजित तमु भेलाले बिविध विषयमा निर्णय गरी डिलबहादुर तमुको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । प्रथम उपाध्यक्ष तेज तमु, द्वितीय उपाध्यक्ष युवराज तमु, सचिव नन्दबहादुर तमु, सहसचिव सन्तोष तमु, कोषाध्यक्ष अनिल तमु, सहकोषाध्यक्ष वालध्वज तमु, सदस्यहरूमा प्रकाश तमु, कमल तमु, मिन तमु, बृख तमु, मेनराज तमु, अर्जुन तमु, सम्झना तमु र टीका तमु भने सल्लाहकारमा कुम तमु, नरवीर तमु, माया तमु, कानुनी सल्लाहकार अरुण तमु रहनुभएको छ । वार्षिक प्रगति प्रतिबेदन प्रस्तुतकर्ता उक्त कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव नन्दबहादुर तमुले गर्नुभएको थियो ।

Advertisment