राष्ट्रिय मगर संघको सभापतिमा ओमबहादुर थापामगर निर्वाचित

काठमाडौं, ४ भदौ
नेपाली कांग्रेससम्बद्ध नेपाल राष्ट्रिय मगर संघको सभापतिमा ओमबहादुर थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट सभापतिमा थापामगर निर्वाचित हुनुभएको हो ।
महाधिवेशनबाट उपसभापतित्रयमा श्रीप्रसाद भलामीमगर, दिनेश थापामगर र कुसुमदेवी थापामगर, महामन्त्रीमा इच्छु रानामगर, सहमहामन्त्रीत्रयमा भीमबहादुर आलेमगर, जीतराज रानामगर र उमा थापामगर तथा कोषाध्यक्षमा कृष्ण थापामगर सर्वसम्मत हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा प्रदेश नं. १ बाट जीतनारायण थापामगर, २ बाट हरिबहादुर लुंगेलीमगर, ३ बाट यमबहादुर जर्घामगर, गण्डकी प्रदेशबाट शेरबहादुर थापामगर, ५ बाट गोपाल घर्तीमगर, कर्णाली प्रदेशबाट देवकुमार ठाडामगर, ७ बाट टेकबहादुर राम्जालीमगर, खुलातर्फ सुशील रानामगर, विष्णु थापामगर, फमकुमार मगर, जनककुमार बाँठामगर, धनकुमार आलेमगर, ज्ञानबहादुर गाहामगर, गोपी पुनमगर, रामबहादुर थापामगर, नरभूपाल रानामगर, दीपा आलेमगर, कमला तिलिजामगर, तारा आलेमगर, धनमाया थापामगर, धनमाया मगर, माया पुनमगर र विष्णुमाया पुलामीमगर सर्वसम्मत चयन हुनुभएको छ ।
महाधिवेशनको यसअघि, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

Advertisment