मगर चलचित्रकर्मी संघ कास्की अध्यक्षमा राहुल थापामगर

पोखरा, २ भदौ
मगर चलचित्रकर्मी संघ, नेपाल, कास्की जिल्ला तदर्थ समितिमा राहुल थापामगर चयन हुनुभएको छ ।
शनिबार सम्पन्न भेलाबाट उपाध्यक्षमा गोविन्द थापामगर, सचिवमा आशीष पुनमगर, सहसचिवमा अशोक आलेमगर र कोषाध्यक्षमा प्रिया थापामगर चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा ओसन पुनमगर, स्नेहा पुनमगर, छवि घर्तीमगर, लालबहादुर पुनमगर, केशव आलेमगर र कुमारी पुनमगर रहनुभएको छ ।
चलचित्र निर्देशक सन्तोष पिठाकोटेमगरको व्यवस्थापनमा भएको कार्यक्रममा आधारभूत सहजीकरण तथा अन्तरक्रिया समेत गरिएको थियो भने संघका केन्द्रीय अध्यक्ष युवराज मास्कीमगरको अध्यक्षतामा भएको थियो ।

Advertisment