साहित्यको विकास हुन सके मगर भाषा समृद्ध बन्छ ः मन्त्री थापा

काठमाडौं, २९ साउन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले मगर भाषा साहित्यको विकास हुन सकेमा मगर भाषाको समृद्धि हुने कुरामा जोड दिनुभएको छ ।
समाज कल्याण परिषद्को सहयोगमा जीतबहादुर सिंजालीमगर साहित्य प्रतिष्ठानले आयोजना गरेको ‘मगर साहित्यमा मगरपन’ विषयक कार्यक्रममा बोल्दै मन्त्री थापामगरले यस्तो बताउनुभएको हो ।


नेपाल मगर संघ भाषिक उपाध्यक्ष दलबहादुर वीरकट्टामगरको अध्यक्षतामा सम्पन्न अमृत योञ्जन–तामाङले प्रस्तुत गरेको ‘नेपालमा भाषिक मानवअधिकारको स्थिति’ कार्यपत्रमा लोकबहादुर थापामगरले टिप्पणी र सञ्जोग लाफा मगरद्वारा प्रस्तुत ‘मगर साहित्यको इतिहास’ कार्यपत्रमा विष्णुकुमार सिंजालीमगरले टिप्पणी गर्नुभएको थियो । मगर साहित्य कृति १७३ वटा प्रकाशन र नेपालमा एकल भाषाको शक्तिले मातृभाषा दिनप्रतिदिन सङ्कटावस्थामा पुगेको निचोड थियो ।

Advertisment