पूर्वी रुकुममा बाजेको स्मृतिमा स्कूल भवन निर्माण

रुकुम, २९ साउन
पूर्वी रुकुमको सेरा बालुवा–११, स्थित मगरको प्रचलित राँकेसेरा बालुवा मेलाको अवसरमा बाजे कमारा बुढामगरको स्मृतिमा उत्तरगंगा आधारभूत निम्न माध्यमिक विद्यालयका अनाथ असहाय बालबालिकाको लागि तीन कोठे भवन नाति गौप्रसाद बुढा मगरले पैंतालिस लाखको निजी लागतमा भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।


दुई बर्षको उमेरमा बाउ र दश बर्षको उमेरमा आमाको मृत्युपछि पालनपोषण, शिक्षा दिक्षा सबै बाजेले गरेका थिए । उनै बाजेलाई अमर तुल्याउन विदेशमा कमाएको रुपैयाँले कमारा बुढा मगर स्मृति भवन निर्माण गर्नुभएको हो । उहाँलाई स्थानीय क्लब र स्थानीयवासीले सम्मान सहित गाउँ परिक्रमा गराएका थिए ।

Advertisment