युएईमा ‘भेडी गोठाले’ अगष्ट २४ मा

दुबई, २१ साउन
गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’ आगामी अगष्ट २४ तारिखमा संयुक्त अरब इमिरेट्स (युएई)को दुबई शहरमा देखाइने भएको छ ।
मिलन डी.जी. इन्टरनेशनल प्रालिको पहिलो प्रस्तुती रहेको सो चलचित्र तमु प्ये ल्हु संघ युएईको आयोजनामा विशेष प्रदर्शन गर्न लागिएको हो । तमु प्ये ल्हु संघ लमजुङ शाखाले निर्माण गर्न लागेको क्होइबो धिंको सहयोगार्थ सो विशेष प्रदर्शन गर्न लागिएको संघकी मीरा प्हच्यु तमुले जानकारी दिनुभयो ।
इस्लाम धर्मावलम्बीको महŒवपूर्ण चाड बकर इद (इद ऊल अदा)को अवसर पारेर संघले दुबईमा चलचित्र प्रदर्शन गर्न लागेको उहाँले बताउनुभयो । सो अवसरमा चलचित्र ‘भेडी गोठाले’का कार्यकारी निर्माता एवं मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष, समाजसेवी दुर्गा गुरुङ ‘मिलन’को विशेष उपस्थिति रहने जनाइएको छ । कार्यकारी निर्माता गुरुङ हङकङबाट युएई जानुहुनेछ ।
शुक्रबार बरदुबई सिल्भर स्पोन रेष्टुरेण्टमा हुने सो विशेष प्रदर्शन दुई चरणमा दिउँसो २ बजे र ४ बजे हुने विष्णु ङोप्चै तमुले जानकारी दिनुभयो । लमजुङको क्होइबो धिं निर्माण सहयोगार्थ यस चलचित्रको प्रदर्शन विभिन्न ठाउँमा भइसकेका छन् । हालसम्म हङकङ, कतार, नेपालमा लमजुङ, पोखरा, स्याङ्जा, काठमाडौंलगायतका ठाउँमा यस चलचित्रको विशेष प्रदर्शन सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

Advertisment