गायक नवीन रानाको बर्खे भाका ‘वैंश जोवान’

पोखरा, १५ साउन
मौलिक गीतहरूमा स्वर दिएर फरक पहिचान बनाएका लोक तथा दोहोरी गायक नवीन रानामगरले फेरि अर्को नयाँ मौलिक गीत बजारमा ल्याएका छन् । उनले बागलुङको गलकोट क्षेत्रमा प्रचलित बर्खे भाका ‘वैंश जोवान’को म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरेका हुन् ।
टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहेको सो गीतको संकलन उनी आफैंले गरेका हुन् भने उनलाई लोक तथा दोहोरी गायिका यामु श्रीसमगरले स्वरमा साथ दिएकी छिन् । गीत रेकर्ड भने राग रेकर्डस्मा गरिएको हो । म्यूजिक भिडियोको निर्देशन राम रानामगर ‘डुजुङ’ले गरेका हुन् ।
म्यूजिक भिडियोको छायाङ्कन तथा सम्पादन दानबहादुर श्रीसमगर र कलरिङ मिलन गुरुङले गरेका हुन् । म्यूजिक भिडियोको छायाङ्कन बागलुङको गलकोट नगरपालिका–५, हिस्लाङमा गरिएको हो ।

Advertisment