निर्माणाधिन लाफा भिलेज रामकोटमा निःशुल्क स्वास्थ्य शिविर हुने

काठमाडौं, १५ साउन

मगरहरूको सामूहिक लगानीमा स्थापना भएको लाफा ग्रुप लिमिटेडद्वारा निर्माण गर्न लागेको लाफा भिलेज रामकोटमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । निर्माणाधिन लाफा भिलेज स्वीजरल्याण्ड पार्क नजिकै काठमाडौंको नागार्जुन नगरपालिका–७ मा पर्दछ ।
समृद्ध नेपाल नामक संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा लाफा ग्रुप लिमिटेडको व्यवस्थापनमा यही साउन १९ गते शनिबार सो स्वास्थ्य शिविर गर्न लागेको कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेमगरले जानकारी दिनुभयो । समृद्ध नेपालले सो शिविरमा उपस्थित भइ मौकाको फाइदा उठाउन पनि सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको छ । शिविर बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Advertisment