नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघको प्रदेश कमिटीलाई पूर्णता

पोखरा, ५ साउन
नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ, गण्डकी प्रदेश कमिटीले पूर्णता पाएको छ । मनोनित गरिएका पदाधिकारीले शनिबार पदभार ग्रहण गरेसँगै संघको प्रदेश कमिटीले पूर्णता पाएको हो ।
गत जेठ २६ गते पोखरामा भएको संघको प्रदेशस्तरीय भेलाले सुरेन्द्र गुरुङको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको थियो । जसमा पाँच जना चयन भएका थिए । सो अवसरमा कोषाध्यक्ष कुञ्जनी परियार ‘प्यासी’, सदस्यहरूमा नारायण भुसाल (पर्वत), विष्णु पोखरेल (गोरखा) र सन्तोष गुरुङ (स्याङ्जा) निर्वाचित हुनुभएको थियो । संघको विधान बमोजिम प्रदेश कमिटी १५ सदस्यीय हुने व्यवस्था छ ।
भेलाबाट निर्वाचित प्रदेश कमिटीको गत असार २१ गते सम्पन्न दोस्रो बैठकले वरिष्ठ उपाध्यक्षमा प्रदेश सांसद् इन्द्रधारा विष्ट (मुस्ताङ), प्रथम उपाध्यक्षमा दिलु गुरुङ (स्याङ्जा), महासचिवमा रूद्र श्रीसमगर (बागलुङ), सदस्यहरूमा पूर्ण गुरुङ (म्याग्दी), मिकाश गुरुङ (कास्की) र रमेश श्रेष्ठ (तनहुँ)लाई मनोनित गरेको हो । त्यसैगरी, बैठकले सल्लाहकारहरूमा शिव खकुरेल, प्रदेश सांसद्द्वय मोहन रेग्मी र धनमाया पोखरेललाई मनोनित गरेको छ ।
शनिबार सम्पन्न बैठकले संघको आगामी भदौ २ गते काठमाडौंमा हुने केन्द्रीय साधारणसभाका लागि प्रदेशबाट तीन जना प्रतिनिधि पठाउनुपर्ने व्यवस्था बमोजिम तीन जनाको नाम समेत सिफारिस गर्ने निर्णय गरेको छ । जसमा अध्यक्ष सुरेन्द्र गुरुङ, प्रथम उपाध्यक्ष दिलु गुरुङ र सदस्य पूर्ण गुरुङ साधारणसभामा सहभागी हुनुहुनेछ । साथै, बैठकले प्रदेश कमिटीको कार्यालय पोखराको सिर्जनाचोकमा राख्ने निर्णय पनि गरेको छ ।
केन्पो खुकुरी मार्शल आर्टस् खेल क्यानाडाको प्रमुख खेल मानिन्छ भने युरोपतिर पनि निकै लोकप्रिय रहेको छ । नयाँ खेलका रुपमा नेपालमा समेत यस खेलको विकास र विस्तार गर्ने ध्येयका साथ संघको स्थापना गरिएको संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेले जानकारी दिनुभयो ।

Advertisment