अविरल वर्षाका कारण गोर्खामा तीन र पर्वतमा १ को मृत्यु ५ जना सम्पर्क विहीन

पोखरा २ साउन । मंगलबार राती परेको अविरल वर्षाका कारण गोर्खामा तीन पर्वतमा १ को मृत्यु भएको छ भने पर्वतमा ५ जना सम्पर्क विहीन भएका छन । वर्षाका कारण गोर्खाको शहिद लखन थापा गाउपालिका ६ अधेरीमा बुधवार बिहान पहिराले घर भत्किदा एकै घरका तीन जनाका मृत्यु भएको हो । अधेरीका नवराज कुबरको घर पहिरोले भत्किदा उनकी छोरी १० वर्षिय प्रमिना कुवर, भान्जी २० वर्षिय सरु ठकुरी र सरुकी आठ महिने छोराकोे मृत्यु भएको हो । बिहान करिव ६ः ३० बजेतिर पहिरो गएको हो । कुँवरकी भान्जी सरु पुजाको निम्तो मान्न  मामाकी घर गएकी थिइन् । पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको  स्थानियले बताएका छन् ।

त्यस्तै पर्वतको जलजला गाउपालिका ८ मा पहिरोले घर बगाउदा १ जनाको मृत्यु भएको छभने ५  जना सम्पर्क बिहीन भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजि दान सिंह बोहराले जानकारी दिए । रातभरीको अविरल वर्षाका कारण लस्ती बजारको बेरनेटामा बम बहादुर परियारको एक तले घर पहिरोले बगाउदा परियारका १६ वर्षिय छोरा बिकास परियारको मृत्यु भएको हो । सोहि स्थानमा पहिरोले ४ वटा घर वगाएको छ । घर बगाएसंगै उक्त स्थानमा ५ जना मानिस सम्पर्क विहिन भएको डिआइजी बोहोराले जानकारी दिए ।

सम्पर्क विहिन हुनेहरुको विवरण भने प्राप्त भईनसकेको प्रहरीको भनाई छ । पहिरोको थप जोखिम रहेको उक्त स्थानबाट जोखिम रहेका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । पहिरो गएको स्थान मालढ्ुंगा–वेनी सडक खण्ड नजिक पर्छ ।  पहिरोका कारण जलजला गाउँपािलकाको वडा न ७ धाइरिङ बास्कोटका भिमलाल आचार्यको घर पहिरोले भत्काएको छ । घर भत्किदा परिवारका ६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्हिरो गएको दुइवटै स्थानमा प्रहरी प्रस्थान भइरहेको र पहिरोमा घाइतेभएकाहरुलाई उपचार र हराएकाहरुको खोजीकार्यलाई तीब्र पारिने डिआइजी बोहोराले जानकारी दिए ।

Advertisment