कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७५ बाट राजबहादुर गुरुङ सम्मानित

गिता राना मगर, पोखरा २९ असार । कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका छन् । तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङको ३९ औ वैवाहिक वर्षगांठको अवसरमा प्रदान गरिएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट गुरुङ सम्मानित भएका हुन । गुरुङलाई राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, तमुधि नेपालकी अध्यक्ष कर्मा गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरले संयुक्त रुपमा सम्मान गरेका थिए ।

उक्त अवसरमा वोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गण्डकी प्रदेशलाई देशकै नमुना प्रदेश वनाउनका लागी प्रदेशबासी मिलेर अगाडी वढ्नुपर्ने वताए । लोकतन्त्रमा सवैको अधिकार समान हुने भएकाले आफ्नो अधिकार संगै प्रदेशलाई समृद्ध बनाउनतर्फ प्रदेशबासी लाग्नुपर्ने वताउदै पांच वर्ष भित्रमा गण्डकी प्रदेशलाई मुलुककै सम्बृद्ध प्रदेश बनाइ स्वदेशमा मात्र नभइ विदेशमा समेत परिचित बनाउनका लागी सम्पूर्ण प्रदेशबासी लाग्नुपर्ने तिमिल्सिनाको भनाइ रहेको थियो ।

उक्त अवसरमा वोल्दै सम्मानित ब्यक्तित्व राजबहादुर गुरुङले आफ्नो सम्मान सिंगो पत्रकारिताको सम्मान भएको वताउदै अझैपनि पत्रकारिता आवाज विहीनहरुको आवाज बन्न नसकिरहदा सम्पूर्ण आदिवासी जनजाति पत्रकारहरुले आफ्नो आवाजलाई बुलंद गराउनतर्फ लाग्नुपर्नेमा जोड दिए । पुरस्कारदाता तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङले आफुले आफ्नो वैवाहिक बर्षगांठको अवसर पारी पुरस्कार वितरण गरी जनजातिहरुको आवाज उठाउने पत्रकारहरुलाई सम्मान गर्न पाउदा निकै खुसी लागेको वताइन । अझैपनि जनजातिहरुको पक्षमा सञ्चार माध्याममा समाचार सम्प्रेसण हुन नसकेको वताउदै यसबारेमा आदिवासी जनजाति पत्रकारहरुले सोच्ने वेला आएको वताइन ।

कर्मकर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट रिता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, एमबी आस्था र हुमबहादुर गुरुङ सम्मानित भइसकेका छन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पत्रकार रामकृष्ण ज्ञवाली, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष धर्म तमु, फोनिजका सल्लाहकार हुम गुरुङले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा पुरस्कृत व्यक्तिको परिचय सञ्चारकर्मी तथा पुरस्कार छनौट समितीका सदस्य शान्ति गुरुङले व्यक्तित्व परिचय गरेकी थिइन् भने पुरस्कार छनौट समितीका संयोजक सुरेन्द्र थापामगरले पुरस्कार छनौटको बारेमा बोलेका थिए । पुरस्कारको राशि १५ हजार रुपैयाँ नगद, सम्मानपत्र, भाङ्ग्रा, फेटा र खादाले पुरस्कृत गुरुङलाई सम्मान गरिएको थियो । उक्त अवसरमा हालै उप अनुसन्धान निर्देशकबाट सह अनुसन्धान निर्देशकमा बढुवा भएका यम पराजुली र कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानालाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।

Advertisment