मगर संघ दक्षिण कोरियाका सांस्कृतिक विभाग प्रमुख काउचालाई मगर कलाकारको स्वागत

पोखरा, २३ असार
नेपाल मगर सांस्कृतिक संघ कास्कीले मगर संघ दक्षिण कोरियाका सांस्कृतिक विभाग प्रमुख एवं लोक तथा दोहोरी गायक देविन्द्र काउचामगरलाई स्वागत गरेको छ ।
केही समयको बिदा मनाउन नेपाल आउनुभएका काउचामगरलाई शनिबार मगर सांस्कृतिक संघ कास्कीले स्वागत गरेको हो । स्वागत ग्रहणपछि बोल्दै काउचामगरले कास्कीका मगर कलाकारहरूले आफूलाई स्वागत गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । गीत, संगीत र कला क्षेत्रमा संघर्षरत मगर कलाकारहरूले कुनै न कुनै दिन विदेशमा अवसर पाउने भन्दै काउचामगरले आफू पनि कलाकार भएकाले कलाकारको मर्म बुझेको बताउनुभयो ।
नेपाल मगर सांस्कृतिक संघ कास्कीका सल्लाहकार एवं पत्रकार रूद्रबहादुर श्रीसमगरले मगर कलाकारहरूले जनसम्पर्कमा विशेष ध्यान दिनुपर्ने बताउँदै मगर कलाकारहरूले सफलता प्राप्तिका लागि धैर्यता र निरन्तरतामा जोड दिनुपर्ने बताउनुभयो । अर्का सल्लाहकार एवं म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगरले पहुँच र चिनजानका भरमा भन्दा पनि आवश्यकता एवं क्षमताका आधारमा कलाकार विदेश लैजानुपर्नेमा जोड दिँदै मगर कलाकारहरूलाई अवसर दिनका लागि विदेशस्थित मगर संघसंस्थालाई आग्रह गर्नुभयो ।
नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र उपाध्यक्ष सरिता सारूमगरले स्वागत गर्नुभएको थियो ।
सो स्वागत कार्यक्रमकै अवसरमा मगर संघ दक्षिण कोरियाका सांस्कृतिक विभाग प्रमुख एवं लोक तथा दोहोरी गायक देविन्द्र काउचामगरले नेपाल मगर सांस्कृतिक संघ कास्कीलाई पाँच हजार रुपैयाँ नगद सहयोग समेत हस्तान्तरण गर्नुभयो ।

Advertisment