हङकङबाट तिलक सोमैमगरको ‘झोर्ले झोर्ले’

हङकङ, २१ असार
हङकङमा समावेशी गायकका रुपमा चिरपरिचित प्रतिभाशाली गायक तिलक सोमैमगरको मगर भाषाको गीत ‘झोर्ले झोर्ले’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका गायक सोमैले विभिन्न मातृभाषाका गीत गाउन सक्दछन् । भाषा, संस्कृतिलाई जगेर्ना गर्नुपर्दछ भन्ने मान्यताका साथ भाषा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको यो म्यूजिक भिडियोमा गायक आफैं मोडलिङमा देखिएका छन् ।
हङकङमा आयोजित एक कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई, मगर संघ हङकङकी अध्यक्ष युगमाया रानामगर र गायक सोमैकी आमाले म्यूजिक भिडियो सार्वजनिक गर्नुभयो ।
आफ्नो भाषा, संस्कृतिलाई जगेर्ना गर्दै आउँदो पुस्तासम्मलाई आफ्नो भाषा प्रतिको ज्ञान रहने अवस्था सिर्जना गरिएको ‘झोर्ले झोर्ले’ बोलको गीतमा राजकुमार बगरको शब्द रचना र संगीत रहेको छ भने भिडियोमा मिस मगर हङकङ–२०१६ पुनम झेंडीमगरको समेत अभिनय हेर्न सकिन्छ ।
सम्पादन युबी खप्तरीमगरले गरेको गीतमा निर्देशक सुवास गुरुङ, एरेञ्जर कमल सौराग, छायाङ्कन सुवास गुरुङ, प्रितम सिंजालीमगर र स्वार्णिमा राईले गर्नुभएको छ । मगर भाषाको गीत रेकर्ड हुन छोडेको बेला सार्वजनिक भएको यो मगर भाषाको गीतले नयाँ पुस्तालाई समेत प्रेरणा दिने विश्वास गरिएको छ ।

Advertisment