मगर संघ अमेरिकाको अध्यक्षमा रानामगर

न्यूयोर्क, २४ जुन
मगर संघ संयुक्त राज्य अमेरिकाको सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कुलदीप रानामगर सर्वसम्मत चयन हुनुभएको छ ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मी रानामगर, भाषिक उपाध्यक्षमा अनिल रोकामगर, क्षेत्रीय उपाध्यक्षमा अमर रजानमगर, महिला उपाध्यक्षमा रुकु रानामगर, महासचिवमा सुमन पुनमगर, सचिवमा मानबहादुर थापामगर, कोषाध्यक्षमा रवि थापामगर र सह–कोषाध्यक्षमा आशीष थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा सुरेन्द्रप्रताप पुलामीमगर, चन्द्रबहादुर गुर्मछानमगर, खुमकुमारी थापामगर, विष्णु थापामगर, दिनेश बुढामगर र वीरेन्द्र पुनमगर चयन हुनुभएको छ ।


यसअघि, महाधिवेशन उद्घाटन समारोहको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष मानबहादुर रानामगर र मगर संघ अमेरिकाका अध्यक्ष रूद्र आले थापामगरले नेपालका प्रथम शहीद लखन थापा मगरको तस्वीरमा परम्परागत खादा पहि¥याएर गर्नुभएको थियो ।
स्वागत संघका उपाध्यक्ष कुमार खाम्चा थापामगरले गर्नुभएको थियो भने समारोहको सञ्चालन कार्यवाहक महासचिब नरेन्द्र थापामगरले गर्नुभएको थियो । महाधिबेशन सफलताको शुभकामना ब्यक्त गर्नेहरुमा संघका पूर्व अध्यक्षहरू लेफ्टिनेण्ट महेन्द्र थापामगर, क्या. दलबहादुर रोकामगर, पूर्व प्रहरी नायब महानिरीक्षक पार्वती थापामगर, ग्रेटर बोस्टन नेपाली समाज (जिबिएनसि)का पूर्व अध्यक्ष सूर्य थापामगर, नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगर, आदिवासी जनजाति महिला महासंघ अमेरिकाकी अध्यक्ष संगिनी रानामगर, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)का सल्लाहकार तथा मगर संघ अमेरिकाका पूर्व सल्लाहकार पत्रकार प्रदीप परियार थापामगर र मगर संघ अमेरिकाका सल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त डा. गंगा पुनमगर हुनुहुन्थ्यो ।
निर्वाचन समितिमा डा. गंगा पुनमगर, संगिनी रानामगर र प्रदीप परियार थापामगर रहनुभएको थियो । बन्दसत्रमा सांगठनिक प्रतिवेदन कार्यवाहक महासचिव नरेन्द्र थापामगरले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष अनिता थापामगरले पेश गर्नुभएको थियो ।

Advertisment