माछापुच्छ«े गाउँपालिकामा आदिवासी जनजाति महासंघ कास्कीको प्रशिक्षण तथा अध्ययन, अवलोकन भ्रमण

रूद्र श्रीसमगर
पोखरा, १३ असार
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीको आयोजना तथा माछापुच्छ«े गाउँपालिका, कास्कीको सहयोगमा ‘स्थानीय तहको विकासमा आदिवासी जनजातिको भूमिका’ विषयक एक दिने प्रशिक्षण तथा दुई दिने अध्ययन एवं अवलोकन भ्रमण पर्यटकीय गाउँ माछापुच्छ«े गाउँपालिका–७, धम्पुसमा सम्पन्न भएको छ ।
मंगलबार आयोजित कार्यक्रममा प्रशिक्षणको उद्घाटन गर्दै माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले आदिवासी जनजातिहरू क्षमता विकास गरेर हरेक क्षेत्रमा अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । राजनैतिक चेतनाको विकास भए मात्र राज्यका हरेक निकाय र संयन्त्रमा आदिवासी जनजातिको पहुँच र प्रतिनिधित्व सहज हुने भन्दै अध्यक्ष गुरुङले प्रशिक्षण कार्यक्रमले आदिवासी जनजातिहरूलाई अघि बढ्नका लागि सही मार्गनिर्देशन र दिशाबोध गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, माछापुच्छ«े गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी दवाडीले माछापुच्छ«े गाउँपालिकाको विकासमा आदिवासी जनजातिहरूको अग्रणी भूमिका हुने उल्लेख गर्दै पछि पारिएका र परेका वर्ग, समुदायको उत्थानका लागि गाउँपालिका सधैं लागिपर्ने उल्लेख गर्नुभयो । आदिवासी जनजातिको मातृभाषामा पठनपाठनका लागि माछापुच्छ«े गाउँपालिकाले पहिलोपटक एउटा विद्यालयमा सुरुवात गर्न लागेको जानकारी दिँदै उपाध्यक्ष दवाडीले आवश्यकता अनुसार गाउँपालिकाभरि नै मातृभाषाको पठनपाठनका लागि योजना बनाउने बताउनुभयो ।
कार्यक्रममा तमु Þयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, प्रदेश नं. ४ का संयोजक दलबहादुर गुरुङले आदिवासी जनजातिहरू सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै प्रदेश नं. ४ को नाम पहिचानका आधारमा ‘तमुवान–मगरात’ राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भुजेल समाज सेवा समिति, नेपालका महासचिव पानबहादुर घर्तीले आदिवासी जनजातिहरू एकजुट हुन नसक्दा भनेजस्तो अधिकार प्राप्त हुन नसकेको भन्दै अधिकार प्राप्तिका लागि एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । माछापुच्छ«े गाउँपालिका–७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङले आदिवासी जनजातिहरूको सशक्तिकरण र क्षमता विकासका लागि प्रशिक्षणले महŒवपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमका लागि वडाका तर्फबाट सहयोग गर्न सधैं तत्पर रहेको उल्लेख गर्नुभयो ।
प्रशिक्षणमा स्थानीय तहको विकासमा आदिवासी जनजातिको भूमिका विषयमा अधिकारकर्मी पूर्ण Þयोल्मो, आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि १६९ सम्बन्धी अधिवक्ता सुरेन्द्र थापामगर र आदिवासी जनजाति आयोग एवं प्रावधानका विषयमा अधिवक्ता जुनाकुमारी गुरुङले प्रशिक्षण दिनुभएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा  भएको कार्यक्रमको सञ्चालन सचिव बमबहादुर छन्त्याल र उपाध्यक्ष सु. हरिमान तामाङले स्वागत गर्नुभएको थियो । यसैबीच, महासंघको भ्रमण टोली बुधबार पोखरा फर्किएको छ ।

Advertisment