फोटो पत्रकार लामालाई मातृशोक परेकोमा फोनिज कास्कीको समवेदना

पोखरा, ८ असार
नेपाल फोटो पत्रकार महासंघ, कास्कीका पूर्व अध्यक्ष ओम लामालाई मातृशोक परेकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाले दुःख व्यक्त गरेको छ ।
फोनिज कास्की शाखाका अध्यक्ष एमबी आस्था मगरले शुक्रबार साँझ शोक विज्ञप्ति जारी गर्दै पत्रकार लामाकी आमाको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्मा प्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । साथै, पत्रकार लामासहित शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट समेत गरिएको छ ।
पत्रकार लामाकी ममतामयी माता रत्नमाया लामाको ६३ वर्षको उमेरमा असार ६ गते आफ्नै निवास पोखरा–९, नयाँबजारमा निधन भएको हो । स्वर्गीय रत्नमायाको जन्म काभ्रेपलाञ्चोक नारायणस्थान गाउँपालिका–५, ठूलोगिम्दीमा २०१३ साल असार २० गते भएको हो । डेढ वर्षदेखि बिरामी उनको उपचार हुँदै आएको थियो ।
स्वर्गीय रत्नमायाको शुक्रबार बौद्ध अर्घौ सदन, रामघाटमा अन्त्येष्टि भएको परिवारजनले जनाएको छ । उहाँका श्रीमान रुप लामा घिसिङ, फोटो पत्रकार ओमसहित ३ भाइ छोरा र ३ बहिनी छोरी छन् ।

Advertisment