लाफाखबर डटकमको औपचारिक शुभारम्भ

लाफा खबर डेस्क
काठमाडौं, २ असार
लाफा गु्रप लिमिटेडको स्वामित्व रहने गरी समाचारमूलक अनलाइन पत्रिका लाफाखबर डटकमको औपचारिक शुभारम्भ भएको छ ।
शनिबार आयोजित लाफा ग्रुपको विशेष साधारणसभाका अवसरमा लाफाखबर डटकमको औपचारिक शुभारम्भ गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य लंकमान रोकाले ल्यापटपमार्फत् वेबसाइट क्लिक गरी शुभारम्भ गर्नुभयो ।
शुभारम्भ गर्दैै रोकाले अनलाइनले व्यवसायिकता र पत्रकारिताको आचारसंहिताभित्र रहेर सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशमा ल्याउने विश्वास व्यक्त गर्नुभयो । लाफाखबर डटकमलाई व्यवसायिक रुपमा अघि बढाउने योजना रहेको कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो ।

Advertisment