लाफा इन्भेष्टमेन्ट लिमिटेडको विशेष साधारणसभा सम्पन्न

काठमाडौं, २ असार
स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सामूहिक लगानीमा स्थापित लाफा इन्भेष्टमेन्ट लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौंको दरबारमार्गस्थित होटल उडल्याण्डमा भएको विशेष साधारणसभाले कम्पनीको नाम संशोधन गरी लाफा ग्रुप लिमिटेड राख्ने निर्णय गरेको छ । नाम संशोधनसहित केही महत्वपूर्ण विषयमा कम्पनीको विशेष साधारणसभाले प्रबन्धपत्र संशोधन गरी सर्वसम्मतिले पारित गरेको छ ।
विशेष साधारणसभामा संस्थापक शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कम्पनीमा १ सय १७ जना संस्थापक शेयर सदस्य रहेका छन् । कम्पनीमा विभिन्न १८ देशमा कार्यरत नेपालीहरुले लगानी गरेका छन् ।
यसअघि, विशेषसाधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कम्पनीका सल्लाहकार लंकमान रोकाले उद्यमशीलताको विकास गर्दै अघि बढ्न कम्पनी सफल हुने विश्वास व्यक्त गर्नुभयो । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै रोकाले स्वदेश तथा विदेशमा लगानी गरेर आर्थिक उन्नतिका लागि अरुलाई पनि प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, कम्पनीका अर्का सल्लाहकार संस्कृतिविद् डा. मीन श्रीसले मगर जाति संस्कृतिमा निकै धनी रहेको उल्लेख गर्दै संस्कृतिलाई पनि उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । संस्कृतिलाई आर्थिक समृद्धिको माध्यम बनाउनुपर्नेमा जोड दिँदै डा. श्रीसले संस्कृति र व्यवसाय एक अर्कामा अन्तरसम्बन्धित रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी, सल्लाहकार एवं रियलस्टेट व्यवसायी दिलबहादुर थापाले स्थापना भएको छोटो समयमै कम्पनीले धेरै प्रगति गरेको उल्लेख गर्दै कम्पनीले धेरै राम्रो गर्न सक्ने सम्भावना देखिएको बताउनुभयो । सो अवसरमा चार्टर्ड एकाउण्टेण्ट निल सारु, राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रबन्धक गुप्तबहादुर रानाले बोल्नुभएको थियो ।


कार्यक्रममा हङकङका जंग पुलामी, दक्षिण कोरियाका चित्रकुमारी पुन, बेलायतका भरत बुढा, कतारका छत्र घले र मलेसियाका तर्फबाट सुन्दर आलेले कम्पनीको प्रगतिका बारेमा रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो भने कम्पनीका बोर्ड अफ डाइरेक्टर रक्षाबहादुर रैकाले कम्पनीको नाम तथा कानूनी प्रावधानबारे जानकारी गराउनुभएको थियो । शेयर सदस्यहरुले उठाएका जिज्ञासा तथा प्रश्नबारे कम्पनीका बोर्ड अफ डाइरेक्टरद्वय रक्षाबहादुर रैका र ज्ञानेन्द्र पुनले जवाफ दिनुभएको थियो ।
लाफा ग्रुप लिमिटेडका अध्यक्ष चन्द्रज्योति आलेले कम्पनीलाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पूर्ण शेयर सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको अप्ेक्षा गरेको बताउनुभयो । सो अवसरमा कम्पनीका प्रवद्र्धक हिरुसरा रानाले स्वागत र बोर्ड अफ डाइरेक्टर ज्ञानेन्द्र पुनले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Advertisment