पाल्पाको दोभान, सुकेताल चिनाउने ‘पाल्पाली चेली म त’

 

रूद्र श्रीसमगर
पोखरा, ३१ जेठ
पाल्पाको तिनाउ गाउँपालिका–२, दोभान, सुकेताललाई चिनाउने गीत ‘पाल्पाली चेली म त’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
तारा श्रीसको स्वर, नवीन रानाको संगीत र चिरन पुनको शब्द रहेको यस गीत तथा म्यूजिक भिडियोमार्फत् सुकेताललाई चिनाउन खोजिएको छ । म्यूजिक भिडियोको निर्देशन गोविन्द पुन, छायाङ्कन तथा सम्पादन दानबहादुर श्रीस र मिलन गुरुङ, नृत्य निर्देशन दिलीप राना ‘गोरे’ले गरेका हुन् ।
टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको म्यूजिक भिडियोमा सुरक्षा सोमै र जमुना रानाले अभिनय गरेका छन् ।

Advertisment