एकता सहकारीको दुई दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम सुरु

रूद्र श्रीसमगर
पोखरा, २८ जेठ
कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१४, चाउथेमा रहेको एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला उपसमितिको आयोजनामा सोमबारदेखि दुई दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।
सो तालिमको उद्घाटन गर्दै प्रदेश नं. ४ का सांसद् मनबहादुर गुरुङले सिक्ने कुरा जीवनपर्यन्त चलिरहने प्रक्रिया भएको उल्लेख गर्नुभयो । सिकाइलाई उत्पादनसँग जोड्नुपर्ने बताउँदै सांसद् गुरुङले नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रलाई सघाउन सहकारीको महŒवपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।
सहकारीका अध्यक्ष बालकृष्ण काउछामगरले तालिमले महिलाहरूलाई सहकारीको नेतृत्व गर्न सक्षम बनाउने विश्वास लिएको बताउँदै महिला शेयर सदस्यहरूको सक्रियता र इमान्दारिताकै कारण एकता सहकारी कास्की जिल्लामै उत्कृष्ट बन्न पुगेको बताउनुभयो । त्यस्तै, उपाध्यक्ष क्या. कृष्णबहादुर थापा र सचिव सुदर्शन पौडेलले आफ्ना महिला शेयर सदस्यहरूको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।
मंगलबारसम्म हुने तालिममा नेतृत्व विकाससम्बन्धी नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का सचिव रूद्रबहादुर श्रीस, गृह व्यवस्थापनसम्बन्धी महिला अधिकारकर्मी तारामाया थापा र उद्घोषणकलासम्बन्धी पत्रकार सुष्मा पौडेलले प्रशिक्षण दिनुहुनेछ । महिला उपसमिति संयोजक रीतु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपसमिति सदस्य संगीता पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment