कास्कीमा चोरी गर्ने व्यक्ति डेढ घण्टामा पक्राउ

पोखरा, २१ जेठ
जिल्ला प्रहरी कार्यालय, कास्कीमा प्रहरी उपरीक्षक ओमबहादुर राना प्रहरी प्रमुख भएर आएलगत्तै अपराध नियन्त्रणमा कास्की प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।
यसैमा कास्कीको पोखरा–लेखनाथ महानगरपालिका वडा नं. ४ गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघ अन्तरगत बालश्रम न्यूनिकरण कार्यक्रमको कार्यालयमा रहेको ल्यापटप तथा नगद चोरी भएको छ भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओमबहादुर रानाले सुक्ष्म रुपमा अनुसन्धान गरी चोरी गर्ने व्यक्तिलाई पहिचान गरी पक्राउ गर्ने निर्देशन दिए पश्चात व्यापक रुपमा प्रहरी टोली परिचालन भइ चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बडा नं २ घर भई हाल पो.ले.म.न.पा.बडा नं २ वाग्लुङ बसपार्क बस्ने बर्ष १८ को अनिश श्रेष्ठ निवेदन प्राप्त भएको करिब डेढ घण्टा पश्चात पक्राउ परेका छन् । प्रहरीले उनको आफ्नै डेराबाट लेनोभो ल्यापटप २ थान, एचपी ल्यापटप २ थान, मोबाइल ३ थान, ल्यापटप चार्जर ३ थान, ल्यापटप माउस ३ थान बरामद गरेको छ ।

Advertisment