दुई दिने दलित महिला सशक्तिकरण तालिमको समापन

पोखरा, १९ जेठ
पोखरा लेखनाथ महानगरपालिका–१४, मझेरीपाटनमा सञ्चालित दुई दिने दलित महिला सशक्तिकरण तालिमको आइतबार समापन गरिएको छ ।
दलित महिला सञ्जालको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिका–१४ को सहयोगमा सञ्चालित तालिमको वडाध्यक्ष प्रेमबहादुर कार्कीले समापन गर्नुभयो । सो अवसरमा बोल्दै वडाध्यक्ष कार्कीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । तालिमले क्षमता विकास र सशक्तिकरणमा महŒवपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
तालिम समापनकै अवसरमा सामाजिक अभियन्ता एवं महिला अधिकारकर्मी तारामाया थापामगरलाई सम्मान समेत गरिएको थियो । ‘संवाहक परिर्वतनको खोजी समानताको’ भन्ने नारासहित शनिबारदेखि सुरु भएको तालिममा बोल्ने कलासम्बन्धी नरमाया रसाइली, कानूनी सचेतनासम्बन्धी अधिवक्ता जुनाकुमारी गुरुङ, गृह व्यवस्थापनसम्बन्धी महिला अधिकारकर्मी तारामाया थापामगर र नेतृत्व विकाससम्बन्धी पत्रकार रूद्रबहादुर श्रीसमगरले सहजीकरण गर्नुभएको थियो ।
दलित महिला सञ्जाल, पोखरा लेखनाथ महानगरपालिका–१४ की अध्यक्ष सुनकमली विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisment