लाफा इन्भेष्टमेन्टको विशेष साधारणसभा असार २ गते

काठमाडौं, १६ जेठ
स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सामूहिक लगानीद्वारा स्थापित कम्पनी लाफा इन्भेष्टमेन्ट लिमिटेडको विशेष साधारणसभा आगामी असार २ गते काठमाडौंमा हुने भएको छ ।
बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेमगरले जानकारी दिनुभयो । कम्पनीले सो विशेष साधारणसभा उपस्थितिका लागि सम्पूर्ण संस्थापक शेयर धनीहरूलाई आग्रह गरेको छ ।
विशेष साधारणसभामा खासगरी, कम्पनीको चुक्ता पूँजी वृद्धि, उद्देश्य संशोधन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनलगायतका विषयमा छलफल हुने अध्यक्ष आलेमगरले जानकारी दिनुभयो ।

Advertisment