मगर महिलाको गृह व्यवस्थापन तथा उद्घोषण तालिम सुरु

रूद्र श्रीसमगर
पोखरा, १५ जेठ
नेपाल मगर महिला संघ कास्कीको आयोजनामा एक हप्ते गृह व्यवस्थापन तथा उद्घोषण तालिम सुरु भएको छ ।
मंगलबारदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङले महिलाहरू सशक्तिकरणका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० वडा कार्यालयको सहयोगमा सुरु भएको तालिममा प्रशिक्षकद्वय निर्मला कार्की भण्डारीले उद्घोषण तथा फूलकुमारी थापामगरले गृह व्यवस्थापनसम्बन्धी तालिम दिनुहुनेछ । यही जेठ २१ गतेसम्म सञ्चालन हुने तालिममा ८२ जना प्रशिक्षार्थी सहभागी छन् ।
नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी थापामगर तथा स्वागत दुर्गा सारूमगरले गर्नुभएको थियो ।

Advertisment