सृष्टिटोलमा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

पोखरा, १४ जेठ
पोखरा लेखनाथ–१० वडा कार्यालयले टोल टोलका महिलाहरूलाई जागरण गराउने उद्देश्य राखी सृष्टिटोल आमा समूहको आयोजनामा आयोजित एक हप्ते संगठन नेतृत्व विकास तथा उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ ।
जेठ ६ गतेदेखि सुरु भएको तालिमको सोमबार समापन गरिएको हो । समापन कार्यक्रममा वडा सदस्य निशा मल्ल, प्रतिभा विक पोखरेल, प्रशिक्षकद्वय निर्मला कार्की र फूलकुमारी थापा, सृष्टि टोल विकास संस्थाका अध्यक्ष सु. डेटबहादुर गुरुङ, जग्गा खरिद तथा भवन निर्माण समितिका संयोजक लोकबहादुर गुरुङ, खानेपानी उपभोक्ता समिति संयोजक सु. बुद्धिबहादुर गुरुङ, कार्यक्रमका लागि भवन उपलब्ध गराउने यामबहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।
तालिममा वडा महिला समन्वय समिति–१० का अध्यक्ष निर्मला कार्की भण्डारी र फूलकुमारी थापाले प्रशिक्षण दिने तालिममा ६० जना र टोल विकास संस्थाका २० जना गरी ८० जनाको सहभागिता रहेको थियो । तालिममा पोखरा लेखनाथ म.न.पा.–१० को वडास्तरीय योजना महिला क्षमता अभिवृद्धि कोषबाट सहयोग प्रदान गरिएको थियो । सृष्टि टोल आमा समूहका अध्यक्ष देउमाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु थापाले गर्नुभएको थियो ।

Advertisment