‘गाउँले परियो’ भन्दै आए संगीता र नवीन

रूद्र श्रीसमगर
पोखरा, १३ जेठ
लोक तथा दोहोरी गायिका संगीता राना र गायक एवं संगीतकार नवीन रानाले पञ्चेबाजाको गीत ‘गाउँले परियो’ बजारमा ल्याएका छन् ।
टाइगर्स फिल्मस् प्रालिको प्रस्तुतीमा यस गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बागलुङको ताराखोला गाउँपालिका–१, अमरभूमि, माझखर्कमा छायाङ्कन गरिएको यस गीतको लय तथा शब्द गायक नवीन आफैंले बनाएका हुन् ।
राग स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेञ्ज आशीष अविरलले गरेका हुन् भने म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनले गरेका हुन् । दानबहादुर श्रीसको छायाङ्कन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा मिलन गुरुङको कलरिङ र पुनम पुनको श्रृंगार रहेको छ । म्यूजिक भिडियोमा खगेन्द्र रोका, इन्द्रजित रोका, लक्ष्मी गुरुङ र विनिता गुरुङले अभिनय गरेका छन् ।

Advertisment