‘पानी सलल’ भन्दै बद्री र रुपाको दोहोरी

पोखरा, १३ जेठ
लोक तथा दोहोरी गायिका रुपा घर्तीमगरले नयाँ गीत बजारमा ल्याएकी छिन् । एकनारायण भण्डारीको लय तथा शब्दमा गायिका रुपाले ‘पानी सलल’ बोलको गीतको म्यूजिक भिडियो समेत युट्युबमार्फत् सार्वजनिक गरेकी छिन् ।
लोक तथा दोहोरी गायक बद्री पंगेनीले उनलाई स्वरमा साथ दिएका छन् भने म्यूजिक भिडियोमा गायक एवं मोडल दुर्गेश थापा र जुनाको अभिनय छ । क्रान्ति केसीको निर्देशन तथा सम्पादनमा निर्माण भएको म्यूजिक भिडियो सीतारा म्यूजिकले बजारमा ल्याएको हो ।
अर्जुन तिवारीको छायाड्ढन रहेको म्यूजिक भिडियो म्यूजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएपछि दर्शकहरूको निकै राम्रो प्रतिक्रिया आएको र दर्शकहरूले गीत मन पराएको गायिका रुपाले बताइन् ।

Advertisment