कतारमा लाफा इन्भेष्टमेन्टको भेटघाट

लाफा खबर
दोहा, ९ जेठ
‘आर्थिक समृद्धि अहिलेको आवश्यकता, एकता र इमान्दारिता नै हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कतारमा लाफा इन्भेष्टमेन्ट लिमिटेडको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
हङकङ, दक्षिण कोरिया, मलेसिया, कतार, दुवई, बेलायत, मकाउ, जापान, नेपाल, बरमुडा, इजरायल, पोर्चुगल, कुवेत आदि गरेर १३ वटा भन्दा बढी देशमा कार्यरत नेपालीहरूबाट संयुक्त लगानीमा स्थापित लाफा इन्भेष्टमेन्ट लि. नेपालले कतारमा रहेको शेयर सदस्यहरू माझमा एक आपसमा परिचयात्मक तथा कम्पनीको बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।
गत शुक्रबार कतारको दोहा, नज्मास्थित द गोर्खा रेष्टुरेण्टमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको कम्पनीका कतार संयोजक महेन्द्र थापामगरले जानकारी दिनुभयो । लाफा इन्भेष्टमेण्ट लिमिटेड विश्वभरि छरिएर रहेका उद्यमी, व्यवसायीहरूलाई आर्थिक रुपमा जोड्ने एउटा कम्पनी भएको संयोजक थापामगरले बताउनुभयो । जसको मुख्य कार्यालय काठमाडौंमा रहेको छ ।

Advertisment