मगर युवा संघ माटेपानी अध्यक्षमा थापा

रूद्र श्रीसमगर
पोखरा, २९ वैशाख
नेपाल मगर युवा संघ, माटेपानी एकाइ समिति, पोखराको प्रथम एकाइ अधिवेशनबाट अध्यक्षमा राजु थापामगर चयन हुनुभएको छ ।
शनिबार सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट उपाध्यक्षमा प्रिन्का थापामगर, सचिवमा सागर थापामगर, सह–सचिवमा विक्रम थापामगर र कोषाध्यक्षमा विवेक रानामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा विराज थापामगर, देव थापामगर, प्रसन पुनमगर, सुजन थापामगर, जय सारूमगर, सपना मास्कीमगर, अनमोल श्रीसमगर, सविना थापामगर चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटनका अवसरमा नेपाल मगर संघ कास्कीका प्रचारप्रसार तथा जनसम्पर्क विभाग प्रमुख डिलबहादुर श्रीसमगर, माटेपानी एकाइ समितिका अध्यक्ष चन्द्रप्रकाश थापामगर, नेपाल मगर महिला संघ माटेपानी एकाइ समितिका अध्यक्ष दुर्गा रानामगर, पूर्व अध्यक्ष देउरुपा श्रीसमगर, ई. बमबहादुर श्रीसमगर, नेपाल मगर महिला संघ कास्की जिल्ला सदस्य तुलसी थापामगर, सह–प्राध्यापक मोतीश्वर थापामगरलगायतले बोल्नुभएको थियो ।
मगर युवा संघ एकाइ अध्यक्ष राजु थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सागर थापामगरले गर्नुभएको थियो । त्यस्तै, अधिवेशनको निर्वाचन प्रक्रिया डिलबहादुर श्रीसमगरको नेतृत्वमा गठित खिमबहादुर श्रीसमगर र दुर्गाबहादुर थापामगर सदस्य रहेको अध्यक्षमण्डलले सम्पन्न गरेको थियो ।

Advertisment