बन्दकाे पर्वाह नगरी खड्ग गर्बुजाकाे गीतमा झुमे पाेखरेली

रुद्र श्रीसमगर
पाेखरा, २२ वैशाख
शनिबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेकाे नेपाल बन्दकाे पर्वाह नगरी चर्चित लाेक गायक खड्ग गर्बुजा मगरकाे “एकल लाेकगायन कार्यक्रम-२०७५” मा पाेखरेली झुमेका छन् । पाेखरा सभागृहमा भएकाे कार्यक्रममा बन्दकाे पर्वाह नगरी गर्बुजाका गीत सुन्न दर्शककाे उपस्थिति सन्ताेषजनक रह्यो ।
मादल बजाएर गर्बुजाकाे एकल लाेकगायन कार्यक्रमकाे उद्घाटन गर्दै प्रदेश नं. ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले लाेकसंस्कृतिले प्रदेश नं. ४ समृद्ध रहेको बताउनुभयो । कला, संगीत र साहित्य प्रदेशको पहिचान भएकाे भन्दै मन्त्री थापामगरले सांस्कृतिक पहिचानकाे संरक्षणका लागि प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभयो ।
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानका केन्द्रीय प्रमुख संरक्षक प्रजापति पराजुलीले खड्ग गर्बुजा नेपाली लाेकसंगीतकाे स्थापित कलाकार भएकाे बताउँदै लाेकसंगीतकाे विकासमा गर्बुजाकाे याेगदान अतुलनीय रहेकाे उल्लेख गर्नुभयाे ।
कार्यक्रममा लाेकगायक गर्बुजाले सालैजाे, यानीमाया, साेरठी, दाेहाेरी गरि १७ वटा गीत प्रस्तुत गर्नुभयो । गर्बुजालाई युगल गायनमा गायिकाहरू मीना गर्बुजामगर, निरा गुरुङ र निता पुनमगरले साथ दिनुभएको थियाे ।
नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिकाे अायाेजना र कास्की जिल्ला समितिकाे व्यवस्थापनमा भएकाे कार्यक्रममा प्रदेश नं. ४ का सांसदहरू चन्द्रबहादुर बुढामगर ‘सागर’, राेशन गाहामगर, इन्द्रधारा विष्ट, दिलमाया राेकामगर ‘दीपा’, सावित्री रानामगर, पियारी थापामगरलगायतकाे समेत उपस्थिति थियाे ।
साे अवसरमा लाेक गायक खड्ग गर्बुजामगरकाे अात्मकथा समेटिएको पुस्तक ‘माेडिएकाे बाटाे’ र संघद्वारा प्रकाशित २०७५ सालकाे भित्तेपात्राे मन्त्री थापामगरले विमाेचन गर्नुभएको थियाे । साथै, कार्यक्रममा सहयाेग गर्नेहरूलाई सम्मान समेत गरिएको थियाे ।
संघका अध्यक्ष कविराज मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन महासचिव बिलन थापामगर, सचिव डाेलराज बारघरेमगर र कास्की जिल्ला सचिव सुरज थापामगर र केन्द्रीय काइके भाषिक उपाध्यक्ष दीपसागर थापामगरले स्वागत गर्नुभएको थियाे ।

Advertisment