लोपोन्मुख ‘यानीमाया’ लिएर आइन् तिर्सना

रूद्र श्रीसमगर
पोखरा, २४ वैशाख
पूराना लोकगीतहरू हराउँदै जान थालेको बेला चर्चित लोक तथा दोहोरी गायिका तिर्सना घर्तीमगरले पूरानो भाका ‘यानीमाया’ लिएर आएकी छिन् । बागलुङको पश्चिम ढोरपाटन क्षेत्रमा प्रचलित ‘यानीमाया’ गीतको म्यूजिक भिडियो छायाड्ढन समेत ढोरपाटनमै गरिएको छ ।
‘यानीमाया’को लय तथा शब्द संकलन तिर्सना आफैंले गरेकी हुन् भने गायिका तिर्सनालाई चर्चित लोक तथा दोहोरी गायकद्वय कुमार पुन र थमप्रकाश पुनले स्वरमा साथ दिएका छन् । नेपाली लोकसंगीतमा पछिल्लो समय विकृति भित्रिएका बेला पूरानो लोपोन्मुख लोक भाकालाई संरक्षण गर्न यस प्रयासले सघाउने आशा राखेको गायिका तिर्सनाले बताइन् ।
टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहेको ‘यानीमाया’को म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनले गरेका हुन् भने छायाड्ढन तथा सम्पादन दानबहादुर श्रीसले गरेका हुन् । राग रेकर्डस्मा रेकर्ड गरिएको गीतको एरेञ्ज भने आशीष अविरलले गरेका छन् । म्यूजिक भिडियोमा श्रृड्डार पुनम पुन र कलरिङ मिलन गुरुङको रहेको छ ।
‘यानीमाया’ गीत युट्युबमार्फत् सार्वजनिक भएपछि दर्शकले निकै मन पराएका छन् । दर्शकको प्रतिक्रियाबाट आफूल निकै उत्साहित भएको गायिका तिर्सनाको भनाइ छ ।

Advertisment