यसबर्षको सर्बोत्कृष्ट लोकदोहोरी नव गायीका तर्फको एवार्ड सम्झनालाई

पोखरा । नेपाल म्युजिक एवार्डको चर्चा चुलिदै गर्दा अन्ततः यसबर्षको सर्बोत्कृष्ट लोकदोहोरी नव गायीका तर्फको एवार्ड छिन छिन बज्ने चुराबाट गायीका सम्झना भण्डारीले पाएकी छन् । हिजोको दिनमा बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा गीतबाट एकाएक चर्चाको उचाइमा पुगेकी भण्डारीले त्यस यता दर्जनौ गीतहरुमा आवाज दिइसकेकी छन् । उनको आवाजको माग नेपाली लोक सङ्गीतको क्षेत्रमा बढ्न थालेको छ । यसै बिच उनले एवार्ड पाएको चर्चा एकातिर छ भने अको तिर उनको गीत सलल बगेको पानीको ।

नव गायक हेम शर्मा र चर्चित गायिका सम्झना भण्डारीको आवाजमा रहेको गीतमा नारायण भट्टराईको लय रहेको छ भने चर्चित गीतकार कमल अर्यालको शब्द सृजना रहेको छ ।रिना थापा र समीर थोक्करको शसक्त अभिनय रहेको गीतको छायङ्कन बासु बरालले गरेका छन् भने निर्देशन समीर थोक्करको नै रहेको छ । त्यस्तै गीतको सम्पादन प्रकाश एस.केले गर्नुभएको छ । गीतको प्रतिक्रिया निकै राम्रो आइरहेको छ । गायक शर्मा भन्छन् – मलाई थ्री स्टार मिडियाबाट धेरै साथ र सहयोग मिलेको छ त्यसैले पनि म गीत संगीतमा प्रवेश गर्न सकेको छु ।

Advertisment