कुर्था पसलमा आगोलागि

पोखरा, बैशाख २३ । पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि बाट लाखौको धनमाल जलेर नष्ट भएको बताईएको छ । पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको जनाइएको छ । राति करिव ११ बजेको समयमा पसलमा आगो लागेको थाहा भएपछि दमकल बोलाईको भएपनि कुनैपनि सामान जोगाउन नसकीएको प्रहरीले जनाएको छ ।

आगोलागिको एकिन कारण थाहा नभएपनि बिद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । अगोलागि बाट लाखौको क्षति भएको छ । पसलमा भएका सबै सामान र केही नगद समेत जलेका छन ।परिबारमा कमाई गर्ने अन्य सदस्य नभएको पसल सञ्चालक कमला पुरीको बाच्ने साहारा बनेका एक मात्र पसल जलेर नष्ट भएपछि उनि अचेत अबस्थामा छिन । एक छोरी र उनले त्यही पसलबाट गुजारा चलाउदै आएका थिए ।

Advertisment