१० औं कास्की जिल्ला स्तरिय राष्ट्रपती कप जारी

पोखरा, २३ बैशाख । पोखरामा कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आइतबार पनि जारी रह्यो । आइतबार सम्पन्न एथलेटिक्स तर्फको छात्रा हाइ जम्पमा कास्की मोर्डनाइज्डकी इशा गुरुङ प्रथम भइन । उनले १ मिटर १८ सेमी जम्प गरेकी थिइन । सोही विद्यालयकी शगुन गुरुङ दोश्रो भइन भने बेथानीकी रोशनी भुजेल तेश्रो भइन ।
त्यसै गरि छात्र हाइ जम्पमा चिल्डे«न एकेडेमीका सुदिप जोशी १ मिटर ६३ सेमी जम्प गर्दै प्रथम भए । त्रिवेणीका शचिन गुरुङ १ मिटर ६० सेमी र बेशलाइनका दिपेन माश्के १ मि ५० सेमी जम्प गर्दै क्रमश दोश्रो र तेश्रो भए । यसै गरि ४ सय मिटरको छात्र रिले दौडमा त्रिवेणी माबी प्रथम भयो भने कास्की मोर्डनाइज्ड र फिसटेल एकेडेमी क्रमश दोश्रो र तेश्रो भए ।

सोही दौडको छात्रा तर्फ भने गोरी शंकर मावी प्रथम, कास्की मोर्डनाइज्ड दोश्रो र फिसटेल एकेडेमी तेश्रो भए ।
यसै गरि कब्बडीको छात्रा तर्फ गौरी शंकर मावी फाइनलमा प्रवेश ग¥यो । त्यसै गर शान्ती दिप र त्रिवेणी सेमीफाइनल भिड्दै छन । छात्र तर्फ गौरी शंकर, कास्की मोर्डनाइज्ड, महेन्द्र मावी र हिल पोइन्ट सेमी फाइनलमा प्रवेश गरेका छन । छात्र भलिवलमा आइतबार सम्म निर्वाचन क्षेत्र स्तरिय छनौट जारी रहेको निर्णायक डिबी नेपालीले जानकारी दिएका छन । निर्वाचन क्षेत्र बाट छात्रा भलिवलमा छोरेपाटन मावी, टप्स मावी, चिल्ड्रेन मावी, कास्की मोर्डनाइज्ड, निश्पक्ष मावी, जनप्रिय मावी र सृजना मावी छनोट भएका छन । छात्रा तर्फका खेलहरु जारी रहेका छन ।

मार्शल आटर््स तर्फ तेक्वान्दोका खेलहरु जारी रहेका छन । सम्पन्न भएका खेलहरुमा ४४ केजी तौल समुह मुनी छात्रा तर्फ शुक्रराज मावीकी अन्जना परियार प्रथम, शहिद स्मृतीकी अन्जान परियार दोश्रो र सोही विद्यालयकी जुना घर्ती तेश्रो भइन । ४२ केजी तौल समुह मुनी शहिद स्मृतीकी अनिता कुमाल प्रथम र नविन मावीकी शरिता वयलकोटी दोश्रो भइन ।
कास्की जिल्ला तेक्वान्दो संघले आयोजना गरेको सिनियर तथा जुनियर रनिङ शिल्डमा ५१ केजी तौल समुहमा यशोदा तेक्वान्दो डोजाङका डेनिश काकी प्रथम भए भने फिसटेल डोजाङ स्कुलका राजन शिलवाल दोश्रो र अमरसिंहका नविन चालिसे तथा शुक्रराज वलभद्रका भिम श्रेष्ठ तेश्रो भए । यता ६३ केजी तौल समुहमा माउन्टेन डोजाङका प्रकाश गुरुङ प्रथम, सगरमाथाका शुमन थापा दोश्रो र पोखरा डोजाङका झलक बहादुर गुरुङ तथा शुक्रराज बलभद्रका शकिन लामगादे तेश्रो भए । कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ७१ विद्यालयका करिव २ हजार विद्यार्थीको विभिन्न खेलमा सहभागिता रहेको छ ।

Advertisment