लक्ष्मी टोल आमा समूहको भवन उद्घाटन

पोखरा, २३ बैशाख । पोखरा १५ रामबजारस्थित लक्ष्मी टोल आमा समूहद्वारा निर्मित बहुउद्धेश्यीय भवनको उद्घाटन भएको छ । प्रदेश नम्बर ४ का मूख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले भवनको उद्घाटन गरेका हुन् । सो अवसरमा मूख्यमन्त्री गुरुङले शिलालेखसमेत अनावरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामाजिक कार्यमा आमा समूहको महत्वपूर्ण भूमिका रहेको बताए । उनले समाज रुपान्तरमासमेत आमा समूहले भूमिका खेल्नसक्ने भन्दै त्यसतर्फ अगाड बढ्न सुझाव दिए ।

भवन उद्घाटनको अवसरमा भवन निर्माणमा सहयोग गर्ने २३० जना सहयोग दाताहरुलाई सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरिएको सचिव टकदेवी पुनले जानकारी दिईन् । लक्ष्मी टोल आमा समूहकी अध्यक्ष प्रेमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेतृ शारदा पौडेल, वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेल, आमा समूहकी उपाध्यक्ष चन्द्र गुरुङ र सचिव टकदेवी पुन लगायतले बोलेका थिए ।

Advertisment