पोखरामा सूचना प्रविधि भित्र्याउनेहरुलाई सम्मान

पोखरा, २० चैत । ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिको आधार’ नाराका साथ राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०७५ विभिन्न कार्यक्रमका साथ पोखरामा मनाइएको छ । यसैक्रममा क्यान कास्कीले बुधबार प्रभातफेरी निकालेको छ । क्यान कार्यालय न्युरोडबाट सुरु ¥याली चिप्लेढुङ्गा विपिचोक परिक्रमा गर्दै होटल दीप सागरमा पुगी सभामा परिणत भएको थियो ।

पोखरामा सूचना तथा प्रविधि भित्र्याउने व्यक्तिहरु जगन बहादुर गुरुङ, देव क्षेत्री, हरिष गुरुङ, विष्णु प्रसाद श्रेष्ठ, अष्टमान प्रधानाङ्ग, भगवती श्रेष्ठ द्वा, राजेन्द्र वाग्लेलाई सो अवसरमा सम्मान गरिएको छ । प्रमुख अतिथि प्रदेश नंं. ४ का प्रदेशसभा सदस्य मन बहादुर गुरुङ र संस्थाका अध्यक्ष युवराज पौडेलले प्रमाणपत्र र दोसल्लाले उनीहरुलाई सम्मान गरेका हुन् । कार्यक्रममा श्रष्टा सम्मान कार्यक्रमका संयोजक इविन्द्रराज तिवारीले सम्मानित व्यक्तिहरुको परिचय राखेका थिए ।

क्यान कास्कीले आयोजनामा सवि शेरचनको संयोजकत्वमा गरिएको निःशुल्क कम्प्युटर शिक्षा प्राप्त गर्ने गृहणीलाई र शिक्षा प्रदान गर्ने शैक्षिक संस्थालाई समेत प्रमाण पत्र वितरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसरमा आयोजित अन्तर संस्था हाजिर जवाफ प्रतियोगिता र टाइपिङ प्रतियोगिता भएको छ । हाजिर जवाफ प्रतियोगिता तर्फ प्रथम सेगा कम्प्युटर लिंक, द्वितीय ग्लोबल आइटि एजुकेशन र तृतीय ग्रेट वेभ कम्प्युटर इन्टिच्युट भएका छन् ।

प्रतियोगिताको संयोजक राजेन्द्र कुमार श्रेष्ठ रहेका थिए । टाइपिङ प्रतियोगितामा प्रथम नेशनल कम्प्युटर सेन्टर, द्वितीय ग्लोबल आइटी एजुकेशन र तृतीय सेगा कम्प्युटर लिंक भएकाछन् । उक्त प्रतियोगताका संयोक महेन्द्र भुर्तेल र निर्णायक मण्डलका संयोजक दिपकराज गिरी रहेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले आइटीपार्क बनाउन सबैको पहल आवश्यक रहेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रशासन तथा योजना शाखा प्रमुख विष्णुप्रसाद पोखरेलले क्यानसँग सूचना प्रविधिको कार्यक्रममा प्रदेश सरकार सहकार्य गर्न तयार भएको बताए ।

संस्थाका अध्यक्ष पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा क्यान महासंघ कास्कीका संस्थापक अध्यक्ष तथा क्यान महासंघ नेपालका केन्द्रीय सचिव जगन बहादुर गुरुङ, क्यान महासंघ प्रदेश नंं. ४ का अध्यक्ष चिन्तामणि बास्तोला, सम्मानित व्यक्ति देव क्षेत्री, तालिम प्राप्त आमा समूहको तर्फबाट शीतल गुरुङ लगायतले कार्यक्रममा मन्तब्य राखेका थिए । संस्थाका सचिव विकास भूर्तेलले कार्यक्रम सञ्चालन गरेका थिए भने द्वित्तीय उपाध्यक्ष रुक्मागत भण्डारी विश्वासले सञ्चालन गरेका थिए

Advertisment