कुशुम श्रेष्ठ ‘तरकारी वाली’को फिल्म आयो

पोखरा, २० बैशाख । झण्डै डेढ बर्ष अगाडी सामाजिक संजालमा चर्चित भएकी कुशुम श्रेष्ठ ‘तरकारीवाली’ ले अभिनय गरेको चलचित्र ‘लम्फु’ आगामी बैशाख २८ गते देखी प्रदर्शन हुने भएको छ । प्रचार–प्रसारको लागी पोखरा आइपुगेको चलचित्र युनिटले एक पत्रकार सम्मेलनको आयोजना गरी ‘लम्फु’ बारे जानकारी गराएको छ । चलचित्रमा ‘तरकारीवाली’ नै किन आवश्यक परीन भन्ने जिज्ञासामा निर्देशक गोपाल चन्द्र लामिछाने सुहाउने चरीत्र र उनको चर्चालाई उपयोग गर्न कुशुमलाई चलचित्रमा अभिनय गराइएको बताए । ‘हामीले कुशुम जी लाई सदुपयोग गरेका छौ, दुरुपयोग गरेका छैनौ ।’ निर्देशक लामिछानेले भने–‘कुशुमकै चाहनामा उनलाई चलचित्रमा अनुबन्ध गरीएको हो ।’

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता शक्तिबल्लभ घोरासैनीले ‘लम्फु’ लाई प्याकेज चलचित्रको रुपमा ब्याख्या गरे । उनले ‘लम्फु’ मा एउटा ब्यबसायिक चलचित्रमा हुने सबै बिशेषता भएको बताए । चलचित्रले बेरोजगार युवाको कथा पेश गर्दछ । फिल्मका प्रमुख अभिनेता कबिर खड्काले आफुले फिल्म कलेजमा सिकेको सबै अभिनयको ज्ञानलाई चलचित्रमा पोखेको बताए । खड्काले ओस्कार कलेज अफ फिल्म स्टडी बाट अभिनयमा स्नातक गरेका हुन । चलचित्रमा खड्का संगै सलोन बस्नेत, मरीश्का पोखरेल, चाँदनी शर्मा, संजित भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन । पपुलर मल्टीमिडियाद्धारा प्रस्तुत चलचित्रका गितमा अर्जुन पोखरेलको संगित छ । छायांकन दिपक बज्राचार्यले गरेका हुन ।

Advertisment