भिमकालीकपमा दोस्रो चरणका खेलहरु, डिफेण्डिङ च्याम्पियन दिपयुनाईटेडको सानदार जित

पोखरा २० बैशाख । पोखराको पुरानो टुडिखेलमाजारी दोस्रो भिमकाली सेभेन ए साईड कपमाबिहिबार सम्पन्नपहिलो चरणको खेल अन्र्तगतबिष्णु पादुकाक्लब, बि.वाई.सिबसपार्क, पसगाउँ फुटबल क्लब, मर्निङ गाईज र फेवायुवाक्लबबिजयीभएको छभने दोस्रो चरण अन्तर्गतको खेलमादिपयुनाईटेड, एलजिएसोशियसन र तारा फुटबल क्लब टिम “ए”बिजयीभएको छ ।
पुरानो टुडिखेलमा सम्पन्नपहिलो खेलमातारा फुटबल क्लब टिम “बि”लाई२–१को गोल अन्तरले हराउदै बिष्णु पादुकाक्लब अघिल्लो चरणमा प्रबेश ग¥यो ।

दोस्रो खेलमाकालिकायुनाईटेडलाई ४–२को गोल अन्तरले पराजितगर्दै बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थानबनायो । प्रतियोगिताको तेस्रो खेलमालामपाटन फुटबल क्लबलाई ६–०गोलको फराकिलोअन्तरले पराजितगर्दै फेवायुथक्लबबिजयीभयो ।फेवायुवाक्लबको जितमाप्रशित परियारले ह्याट्रिक गर्न सफर रहे ।

त्यसैगरीचौथो खेलमाकाजीपोखरी युवाक्लबलाई २–१को गोल अन्तरले पसगाउँफुटबल क्लबले पाखालागायो ।
प्रतियोगिताको पाचौ खेलमामर्निङ गाईज र ब्याट केभबिचभएको खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा४–३को गोल अन्तरलेहराउदै मर्निङ गाईजले दास्रो चरणको लागी स्थानबनायो । प्रतियोगिताको दोस्रो चरणको पहिलो र आजको छैटौ. खेलमादिपयुनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१को फराकिलो गोल अन्तरले पराजितग¥यो ।दिपयुनाईटडको जितमास्तेफेनले सर्बाधिक७, होलयाण्डले ४ र पेम्बानर्बु लामातथाबिबेक गुरुङले समान १÷१ गोल गरे ।

प्रतियोगिताको सातौ खेलमाएलजिएसोशियसनले गगन ट्याटुलाई ३–० गोल अन्तरले पराजितगर्दै तेस्रो चरणमा स्थानबनायो । त्यसैगरी अन्तिम खेलमास्यानी पाटन फुटबल क्लबलाई तारा फुटबल क्लब टिम “ए” ले ४–१गोल अन्तरले हराउदै तेस्रो चरणको लागी छनौट भएको खेल संयोजकमनोज श्रेष्ठले बताए। श्रेष्ठकाअनुसार दोस्रो चरण अन्तर्गत शुक्रबार८ खेलहरु सञ्चालनहुनेछन । आगामी२५ गते फाईनलहुनेप्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु १ लाख २५ हजार प्राप्तगर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ७५ हजार प्रदानगरिने आयोजकले जनाएको छ ।

Advertisment