पीडित मजदुरलाई राहत वितरण

पदम श्रेष्ठ÷पोखरा । नेपाल यातायात मजदुर संघ कास्कीले घाइते तथा पीडित यातायात मजदुरहरुलाई राहत स्वरुप नगद सहयोग वितरण गरेको छ । पोखरा बस व्यवसायी समितिको मुख्य क्यू शाखा बगर प्रागणमा आयोजित कार्यक्रममा ७ जना मजदुर तथा मजदुरका हकवालाई राहत वितरण गरिएको यातायात मजदुर संघ कास्कीका अध्यक्ष दामोदर पण्डितले वताए । ट्रेड युनियन कांग्रेस प्रदेश नं. ४ का अध्यक्ष मुरारी शर्माको प्रमुख आतिथ्यतामा भएको राहत वितरण कार्यक्रममा मजदुर प्रतिनिधि विरेन्द्र शर्मा, पोखरा वस व्यवसायी समितिका सचिव अमृत शर्मा, मजदुर नेता जित बहादुर गुरुङ प्र.ना.नी राजेन्द्र कार्कीले मजदुरलाई राहत विवरण कार्यले पिडित प्रति सकारात्मक उर्जा थपेको वताएका थिए ।

राहत विवरण कार्यक्रमका प्रमुख अतिथि एवम् ट्रेड यूनियन कांग्रेसका प्रदेश नम्वर ४ का अध्यक्ष मुरारी शर्माले यातायात क्षेत्रमा व्यगत समस्या वार्ताको टेवुलबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का वक्ता नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष दामोदर पण्डितले सरकारले चैत्र १८ गते जारी गरेको कार्यविधि संसोधन अपरिहार्य रहेको र संसोधन नभएसम्म आन्दोलन जारी रहने र मजदुरले पूर्ण रुपले एक्यवद्धता जनाउने वताए ।

राहत पाउनेहरुमा विरेन्द्र शर्मा, दुर्गा व. थापा, रामजी श्रेष्ठ, मिन बहादुर गुरुङ, ठाकुर लामा, सोतन शर्मा र चिरञ्जिवी वराल रहेका छन् । उनिहरुलाई यातायात मजदुर संघ ४ नं. प्रदेशका अध्यक्ष किरण वावु पन्त, ट्रेड युनियन कांग्रेसका ४ नं. अध्यक्ष मुरारी शर्मा लगायतले राहत विवरण गरेका थिए । दामोदर पण्डितको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन मजदुर संघ कास्कीका सचिव अर्जुन खनालले गरेका थिए ।

Advertisment