तमुस्यो रि च्हमी परिवारद्वारा समाजसेवी गुरुङलाई सम्मानसहितबिदाइ

पोखरा, १९ वैशाख  ।  मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनलप्रा.लि.का अध्यक्षदुर्गा गुरुङ ‘मिलन’लाई तमुस्यो रि च्हमी परिवारले सम्मानसहितबिदाइ गरेको छ । सो अवसरमा परिवारका संरक्षक समेत रहनुभएका समाजसेवी गुरुङलाई परिवारकी सल्लाहकार विष्णु गुरुङले फेटाले सम्मानगर्नुभएको थियो ।

साथै, आफ्नो पाँचमहिनाको नेपालबसाइँ सकेर आफ्नो कर्मथलो हङकङ फर्कन लाग्नुभएका गुरुङलाई सुखदयात्राको कामनासहितबिदाइगरिएको थियो । कार्यक्रममा परिवारकीअध्यक्षगौरी गुरुङ, सदस्यहरू सुगन्ध गुरुङ, सुशीला गुरुङ र पुनम गुरुङले बिदाइगर्नुभएको थियो । सो अवसरमा गुरुङ चेलीबेटीहरूको हक, हितएवं संस्कार, संस्कृतिको क्षेत्रमाक्रियाशील संस्थालाई दिगो बनाउनभन्दै समाजसेवी गुरुङले सहयोगस्वरुप १० हजार १ सय रुपैयाँनगद हस्तान्तरण गर्नुभएको थियो ।

Advertisment