समाजसेवी गुरुङलाई हिमशिखर क्लबको सम्मान तथा बिदाइ

पोखरा, १९ वैशाख । मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनलप्रा.लि.का अध्यक्षदुर्गा गुरुङ ‘मिलन’लाई स्याङ्जाको फेदीखोलागाउँपालिकास्थितहिमशिखर क्लबले सम्मानसहितबिदाइ गरेको छ ।
गत माघ १२ गते फेदीखोलामाप्रदर्शित मिलन डी.जी. इन्टरनेशनलप्रा.लि.को पहिलो प्रस्तुतीगुरुङ संस्कार तथा संस्कृतिमाआधारित चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)बाट प्राप्त सम्पूर्ण रकमक्लबलाई सहयोग गरिएको थियो । गुरुङ भाषा, संस्कार तथा संस्कृतिजगेर्नामाचलचित्रनिर्माणमार्फत् योगदानदिएको तथाविभिन्न सामाजिक सेवामानिरन्तर योगदानदिएको भन्दै क्लबले समाजसेवी गुरुङलाई सम्मान गरेको हो ।

क्लबको २५ औं वार्षिकोत्सवएवं रजतजयन्तीमनाउनलागिएकोमाक्लबको उत्तरोत्तर प्रगतिको कामनासहित समाजसेवी गुरुङले १० हजार १ सय रुपैयाँ रकमक्लबकाप्रतिनिधिअविलास गुरुङलाई सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको थियो । आफ्नो पाँचमहिनाको नेपालबसाइँ सकेर आफ्नो कर्मथलो हङकङ फर्कन लाग्नुभएका समाजसेवी गुरुङलाई सुखदयात्राको कामनासहितक्लबले पनिबिदाइ गरेको हो ।

Advertisment