प्रदेश नम्बर चारको चालु आर्थिक वर्षको बजेट १ अर्व २ करोड ५ लाख पूर्ण विवरण सहित

पोखरा १९ वैशाख । प्रदेश नम्बर चारले चालु आर्थिक वर्ष २०७४÷७५ का लागी १ सय २ करोड ५ लाख बजेट बिनियोजन गरेको छ । बुधवार प्रदेश सभाको २९ औ बैठकबाट प्रदेश नम्बर ४ का अर्थ मन्त्री किरण गुरुङले चालु आर्थिक वर्षका लागी एक अर्व २ करोड ५ लाख रुपैया केन्द्र सरकारबाट बित्तिय समानीकरण अनुदानको रुपमा प्राप्त भएको वताए ।
बजेटको बिनियोजन क्षेत्र अन्तर्गत पुजीगत तर्फ ५४ करोड एक लाख २५ हजार र चालु तर्फ ४८ करोड ३ लाख ७५ हजार बिनियोजन गरिएको गुरुङले जानकारी दिए ।

बजेटले पर्यटन क्षेत्रको बिकास र बिस्तार, उर्जा क्षेत्रको बिकास र प्रवद्र्धन, कृषि क्षेत्रको ब्यवशायीकरण र औधोगीकीकरण, औधोगिक क्षेत्रको बिकास र बिस्तार र भौतिक पूर्वाधारको निर्माणमा प्राथमिकता दिने जनाइएको छ ।
त्यसैगरी बजेटले प्रादेशिक संरचनाको प्रवन्ध मिलाउने, प्रदेशमा लगानीमैत्री वातावरणको सिर्जना गर्ने, रोजगारीका अवसरको सिर्जना गर्ने, गरिबी निवारण गर्ने, भौगोलिक तथा सामाजिक सन्तुलन सहितको प्रादेशिक बिकास गर्ने गरी पाँच वटा मुख्य उद्देश्य निर्धारण गरेको छ ।

Advertisment