‘हाम्रो बाजुङ गाउँ’ वृत्तचित्र तथा म्यूजिक भिडियो लोकार्पित वृत्तचित्रले गाउँ पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँछ ः सांसद् विष्ट

 

रूद्र श्रीसमगर , पोखरा, १८ वैशाख । पर्वतको मोदी गाउँपालिका वडा नं. ५, बाजुङको वृत्तचित्र एवं म्यूजिक भिडियो मंगलबार लोकार्पण गरिएको छ । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्मित पहिलो वृत्तचित्र ‘बाजुङ भौगोलिक तथा सांस्कृतिक वृत्तचित्र’को प्रमुख अतिथि मिलन ट्रष्ट नेपाल–२०७४ की संरक्षक एवं समाजसेवी सावित्रीकुमारी गुरुङ र प्रदेश नं. ४ का सांसद् इन्द्रधारा विष्टले लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद् विष्टले वृत्तचित्रले गाउँ पर्यटनको प्रवद्र्धनमा महŒवपूर्ण टेवा पुग्ने बताउनुभयो । ‘स्थानीय संस्कृति र भौगोलिक अवस्थितिका बारेमा वृत्तचित्रले राम्ररी बोलेको छ’, सांसद् विष्टले भन्नुभयो, ‘गाउँ पर्यटनको प्रवद्र्धन र प्रचारप्रसारका लागि वृत्तचित्र र म्यूजिक भिडियोले ठूलो योगदान पुग्छ ।’

जिल्ला खेलकुद विकास समिति, कास्कीका अध्यक्ष एवं नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले गाउँको प्रचारप्रसार गर्न यस्ता वृत्तचित्र र म्यूजिक भिडियो महŒवपूर्ण साबित हुने बताउनुभयो । हिमालय आँखा अस्पताल, पोखराका डा. हरिविक्रम अधिकारीले वृत्तचित्र र म्यूजिक भिडियो बाजुङ गाउँको एउटा ऐतिहासिक दस्तावेज भएको भन्दै नयाँ पुस्ताले स्थानीय संस्कृतिबारे सिक्ने गतिलो माध्यम बनेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वृत्तचित्रका निर्देशक कृष्णकुमार गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. ४ का इञ्चार्ज हुमबहादुर गुरुङ, बाजुङ–फाल्गु तमु समाज, पोखराका अध्यक्ष हेमबहादुर गुरुङ, बाजुङ भौगोलिक तथा सांस्कृतिक वृत्तचित्र निर्माण समितिका अध्यक्ष कृष्णकला केसीलगायतले बोल्नुभएको थियो । सो अवसरमा वृत्तचित्रका निर्माता, निर्देशक, मोडलहरू तथा विभिन्न सहयोगीहरूलाई सम्मान गरिएको थियो । म्यूजिक भिडियोमा मोडलत्रय मुस्कान गुरुङ, एनी थापामगर र रोश्नी मल्लले अभिनय गरेका छन् ।

कार्यक्रमको समापन गर्दै मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष एवं वृत्तचित्रका परिकल्पनाकार तथा कार्यकारी निर्माता दुर्गाबहादुर गुरुङ ‘मिलन’ले आफू परदेशी भूमिमा भएपनि आफू जन्मेको ठाउँका लागि केही गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको बताउनुभयो । सबैको सहयोगले वृत्तचित्र निर्माण गर्न सफल भएको भन्दै अध्यक्ष गुरुङले आफू निस्वार्थ भावले सामाजिक कार्यमा निरन्तर खटिएको र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का प्रचारप्रसार संयोजक रूद्रबहादुर श्रीसले सञ्चालन गर्नुभएको कार्यक्रममा बाजुङ–पोखरा सम्पर्क समितिका कोषाध्यक्ष क्या. रामकाजी गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । वृत्तचित्र तथा म्यूजिक भिडियोको निर्देशन एवं शब्द रचना र संगीत कृष्णकुमार गुरुङले गर्नुभएको हो । त्यस्तै, छायाड्ढन पुष्कर थापामगर, सन्तोष सारूमगर, फोटोग्राफी भूपालकुमार गुरुङ, निर्माण नियन्त्रक मिनु गुरुङ, सम्पादन÷कलरिष्ट सर्वज्ञमान शाक्य, एरेञ्जर तेजेन्द्र गुरुङ, ड्रोन क्यामरामा विकास ताम्राकार र व्यवस्थापनमा गौरी गुरुङ रहनुभएको छ । म्यूजिक भिडियोको गीत भने गायिका दुर्गा परियारले गाउनुभएको हो ।

Advertisment