कास्कीमा सवारी दुर्घटना वढ्दो, सवारी दुर्घटनामा हरेक ६ दिनमा एकको मृत्यु

गिता राना मगर, पोखरा १७ वैसाख । कास्कीमा सवारी दुर्घटनामा हरेक ६ दिनमा एकजनाको मृत्यु हुने गरेको छ । अधिकांश दुर्घटना चालकको लापरबाहीकै कारण हुने गरको एक अध्ययनले जनाएको छ । तथ्यांक अनुसार पछिल्लो तिन वर्षमा कास्कीमा सवारी दुर्घटनामा मृत्युहुने प्रतिशत १५ प्रतिशतले बृद्धि भएको पाइएको छ । अधिकांश दुर्घटनाहरु चालकको लापरवाहीका कारण हुने गरेको कास्की प्रहरी प्रमुख अशोक सिंहले वताए ।

आर्थिक वर्ष २०७२÷७३ मा ३५ जना, ०७३÷७४ मा ५८ जना र चालु आर्थिक वर्ष २०७४÷७५ को श्रावण देखी चैत्र सम्म कास्कीमा सवारी दुर्घटनामा ४३ जनाको मृत्यु भएको र यो आंकडाले कास्कीमा सवारी दुर्घटनामा मृत्युहुनेको संख्यामा १५ प्रतिशत वढेको हो । गत फागुन र चैत्र महिनामा मात्र कास्कीमा १७ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको र यो तथ्यांकले प्रत्येक ३ दिनको अन्तरालमा १ जनाको मृत्यु भएको देखिन्छ । सिंहका अनुसार चालु आर्थिक वर्ष २०७४÷७५ को चैत्र महिना सम्म कास्कीका ७० वटा दुर्घटना भएको र जसमध्ये ६६ वट दुर्घटना चालकको लापरवाहीले भएको छ । तीब्र गतिमा सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, गलत ओभरटेक गर्दा वढीमात्रामा दुर्घटनामा हुने गरेको हो ।

सवारी दुर्घटनालाई मध्येनजर गरी कास्कीमा सोमबार देखि ट्राफिक सप्ताह सुरु भएको छ । वढ्दो दुर्घटनालाई न्युनिकरण गर्नका लागी सोमबारदेखि पोखरामा ट्राफिक सप्ताह शुरु भएको हो । ट्राफिक सप्ताह अन्तर्गत सोमबार पोखरामा वृहत सचेतना ¥याली निकालीएको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी, नागरिक समाज, रेडक्रस सोसाइटी, कास्कीमा क्रियाशिल विभिन्न संघ सस्थाहरुको सचेतना ¥यालीले बजार परिक्रमा ग¥यो ।
¥याली पछि आयोजित सभालाई सम्बोधन गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले कास्कीमा दुर्घटनाको स्थिती विकराल रहेको वताउदै सवैले आ आफ्नो ठाउबाट दुर्घटना न्युनिकरणका लागी लाग्नुपर्नेमा जोड दिए ।

Advertisment