पोखरामा किरांत समुदायको उभौली पर्व मनाइयो

गिता राना मगर, पोखरा १७ वैशाख । पूर्वको किराँत समुदायले मनाउने साकेला पर्व पोखरामा बस्ने किराँत समुदायले पनि मनाएका छन । विभिन्न कामको शिलशिलामा पोखरामा बसोबास गर्ने किराँत समुदायहरुले पोखरामा साकेला पर्व धुमधामका साथ मनाएका हुन । पोखरामा रहेको किराँत सेवा समाजले हरेक वर्ष पोखरामा पनि वर्षको दुइपटक साकेला पर्व मनाउदै आइरहेको छ । २०४८ सालदेखी पोखरामा पनि पूर्वमा जस्तै साकेला पर्व मनाउदै आइरहेको किरांत सेवा समाजका डिबी राइले वताए ।

प्रकृति र पितृनै आफुहरुको भगवान भएकाले आफुहरुले प्रकृती पुजा गरेरनै राइ, लिम्बु, याख्या, देवान र सुनुवारहरुले सामुहिक रुपमा किराँत सेवा समाज गठन गरी आफ्नो भाषा, संस्कार र संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले २०४८ सालदेखी पोखरामा साकेला पर्व मनाउदै आएको राइ वताउछन । राइका अनुसार पूर्वमा वैशाख पूर्णिमा र मंसिर पूर्णिमाको अवसरमा महिनौ दिन सम्म साकेला पर्व मनाउने गरेको भएतापनि पोखरामा पूर्णिमाको दिन मात्र एक दिन साकेला पर्व मनाइदै आएको छ । पूर्वमा बस्ने किराँती समुदायले वर्षको दुइपटक मंसिरको पूर्णिमामा उधौली र वैशाखको पूर्णिमामा उभौलीको रुपमा साकेला पर्व मनाउने गर्दछन । सोही अनुरुप सोमबार पोखरामा बसोवास गर्ने किरांत समुदायले सामुहिक रुपमा साकेला अन्तर्गत उभौली पर्व भब्यताका साथ मनाएको किराँत सेवा समाज कास्कीका अध्यक्ष गजेन्द्र सुब्बाले वताए ।

खेतीपातीको मौसम सुरुवात संगै उभौली पर्व मनाउदै आएको वताउदै सुब्बाले हिमाली भेगमा गर्मी वढ्दै जांदा खेतीपातीको सुरुवात गर्ने बेला भएकाले सवैले रमाइलो गर्ने र प्रकृतिको पुजा गरी यो पर्व मनाउदै आएको वताउछन । प्रकृति पुजा संगै यतिवेला पहिचानको लडाइको लागी आफ्नो अस्तित्वको लागी पनि यो पर्वको संरक्षणमा लागिरहदा नेपाल सरकारले आफ्नो चाडलाई बिदा कटौती गरेर आफुहरुको संस्कृतीमाथी तुसारापात गर्न लागेको वताउदै सुब्बाले उभौली पर्वलाई राष्ट्रिय चाडको रुपमा सरकारले घोषणा गर्नुपर्नेमा जोड दिन्छन ।

कास्कीमा किराँत समाजका झण्डै ७ हजार मानिसहरु बसोवास गर्दै आइरहेका छन । उनीहरुले आफ्नो काम संगै आफ्नो सांस्कृतिक र ऐतिहासिक पर्व समेत मनाउदै आएका छन । पूर्वमा संस्कृतिको संरक्षण निकै राम्रो संग भएको भएतापनि पोखरामा भने पर्वको नाममा भेला हुने र केही सांस्कृतिक कार्यक्रमहरु गरी आफ्नो मौलिक पर्व जोगाउदै आएको मेम्बर बहादुर राइ बताउछन । राइका अनुसार पूर्वको वस्तीहरुमा पूर्णिमादेखी एक महिना सम्म साकेला नाचेर उधौली उभौली पर्व मनाउने गरेको इतिहांस रहेको वताउदै राइले युवा पुस्ताहरुलाई पनि यसको बारेमा जानकारी गराउन आवश्यक रहेको वताउछन ।

Advertisment