बैदाम तामाङ समाजको गुम्बालाई अमेरिकाबाट सहयोग

पोखरा, १७ बैशाख ।बैदाम तामाङ सेवा समाजले २५६२ औं बुद्ध जयन्ती कार्यक्रम आफ्नै निर्माणाधिन गुम्बामा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अमेरिकामा बसोबास गर्दै आइरहेका अमेरिका तामाङ समाजका पूर्वमहासचिव अमर तामाङले धर्मसंस्कृतिको जर्गेणा गर्न समाजले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

उनले तामाङ समुदाय र बौद्ध धर्मावलम्वीको धर्म, रितिरिवाज र संस्कृतिलाई जर्गेणा गर्ने उदेश्य लिएको गुम्बा विश्वमा नै उदाहरणीय बन्ने विश्वास व्यक्त गरे । छोटो समयमै बुद्धको परिनिर्माण र अमिताभ बुद्धको ठूलो मुर्ती खडा गरेर तामाङ जातिको गौरब बढाएकामा खुशी व्यक्त गर्दै आफूले पनि अनुकुल समयमा समाजले गरेको महान् कार्यलाई सहयोग गर्ने बचन दिएका छन् । सोही कार्यक्रममा उनले वैदाम तामाङ समाज कास्कीले निर्माण गरिरहेको गुम्बालाई अमेरिका तामाङ समाजका उपाध्यक्ष चुन्तुई तामाङ बलले गरेको दुई लाख सहयोग रकम पनि हस्तान्तरण गरेका थिए । सो रकम बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङलाई हस्तान्तरण गरेका हुन् । सोही गुम्बाका प्रमुख लामा छेवाङ दोर्जे तामाङले बुद्ध जयन्ति र बौद्ध धर्मावलम्बीको बारेमा बोल्दै भक्तजनलाई बुद्धको सन्देशलाई अन्तरआत्मा देखिनै मनन् गरी कसैले कसैलाई दुःख र कष्ट नदिन आग्रह गरे ।

समाजका अध्यक्ष ज्याक तामाङले इतिहास नै रच्ने एवंम् मौलिक सांस्कृतिक, धार्मिक र पर्यटकीय महŒव झल्काउने गुम्बा निर्माण प्रति सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । उनले अमेरिकाबाट आफ्नो देश, जाति र संस्कृतिलाई माया गरि ठूलो सहयोग गरेको भदै आगामी दिनमा पनि सहयोग जारी रहने आशा गरेका छन् । स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन समाजका सचिव डोल्मा लामाले गरेका थिए । समाजले बैदाममा बौद्ध गुम्बाको निर्माण गरेको छ । धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि समेत सो स्थान महत्वपूर्ण बन्ने अपेक्षा गरिएको समाजका सदस्यले बताएका छन् ।

Advertisment